नियम ८क
सेवाभित्रका समूहमा सरुवाको व्यवस्था
नियम ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको समितिबाट सिफारिस भई आएमा निजामती सेवा नियमावली,
२०५० को नियम ८क. को अधीनमा रही सेवाभित्रको कुनै एक समूहमा कार्यरत कर्मचारीलाई सेवाभित्रको कुनै अर्को समूहको समान श्रेणीको पदमा नेपाल सरकारले समूहीकृत गरी सरुवा गर्न सक्नेछ –
(क) सेवा सञ्चालन गर्ने मन्त्रालयको सचिव – संयोजक
(ख) कर्मचारी कार्यरत मन्त्रालयको सचिव – सदस्य
(ग) सरुवा गरिने मन्त्रालयको सचिव – सदस्य